Monday, September 29, 2014

मधेश देश भित्र पर्ने प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम (पण्डितपुर)

           रामग्राम (पण्डितपुर) र रामग्राम स्तुपको विकासका लागि छुटट्ै संयन्त्र आवश्यक
नवलपरासी÷ पुरातात्विक क्षेत्र रामग्राम स्तुप र पण्डितपुर लगायतको क्षेत्रको अध्ययन अनुसन्धानका लागि जिल्लामा छुट्टै संयन्त्र बन्नु पर्ने उद्योग बाणिज्य संघका महासचिव केशव भण्डारीले बताउनुभयो ।पत्रकारसंग कुरा गर्दै उनले पुरातत्व विभागको जिल्लामा कार्यालय नभएको अवस्थामा पुरातात्विक क्षेत्रको संरक्षण र अध्ययन अनुसंधान गरि त्यसको प्रचार प्रसारका लागि पनि संयन्त्र आवश्यक रहेको बताउनुभएको हो ।
         लुम्बिनी विकास कोष अन्तरगत रहेका यि पुरातात्विक क्षेत्रमा कोषले सोचे जस्तो काम गर्न सकेको छैन्, उहांले भन्नुभयो, संयन्त्र भए कम्तिमा ति क्षेत्रको प्रचार प्रसार,नयां खोज,अनुसन्धान गथ्र्यो । खोजमा आधारित भएर विकासका लागि स्थानिय कोषसंगै पुरातत्व विभाग,युनेस्को लगायतका विभिन्न सघ सस्थासंग समन्वय गरेर कार्यक्रम गर्न सक्ने भएकोले संयन्त्र आवश्यक रहेको उहांकोे भनाई छ । निजी क्षेत्र,स्थानियबासी र सरकारी निकायको संयुतm पहलमा जिल्ला स्तरको संयन्त्र बन्न आवश्यक छ, उनले भने, संघले त्यसको लागि पहल गर्ने छ ।
         यि पुरातात्विक क्षेत्रको प्राचिन कोलिय गणराज्यको राजधानी पण्डितपुर(रामग्राम) क्षेत्र र रामग्राम स्तुप उजैनीमा थप उत्खनन का लागि भिजन रामग्राम समुह र रामग्राम पर्यटन प्रवद्र्धन समिति लगायतका सस्थाहरुले पहिला देखी नै माग गर्दै आएका छन् । फागुन पहिलो साता देखी पुरात्वविद तारानन्द मिश्र र पुरातत्व अधिकृत भास्कर ज्ञवाली सहित उत्खनन टोलीले जिल्लाको बन्जरिया गाविसको पण्डितपुरमा उत्खनन गरेको थियो । कोलिय गणराज्यको राजधानी पण्डितपुर(रामग्राम) सोही स्थान भएको घोषणा समेत गरेको थियो ।
        तर उत्खनन गरि टोली फर्के पछि सो स्थानमा कुनै खालको गतिविधि भएको छैन् । रुपन्देहीको लुम्बिनी,कविलबस्तुको तिलौराकोट लगायतका विभिन्न स्थानमा आउने बौद्धमार्गि लगायतका पर्यटकहरु यि क्षेत्रमा आउन सकेका छैनन् । न त कसैले ल्याउन प्रयास नै गरेको छ । ति स्थानको प्रचार प्रसारका लागि जानकारी मुलक प्रचार समाग्रि समेत नबनेको स्थानियको भनाई छ । जिल्लाको क्षेत्र नम्बर ४ मा पर्ने उजैनी स्थित रामग्राम स्तुप र पण्डितपुर दुबै स्थानको विकासका लागि सोही क्षेत्रका सभासद बैजनाथ चौधरीलाई पहल गर्न माग गरिएको भिजन रामग्रामका संयोजक रामप्रसाद बताउनुभयो । अब कोलिय गणराज्यको राजधानी पण्डितपुर(रामग्राम) पत्ता लागि सकेकोले सबै मिलेर विकास गर्न आवश्यक रहेको उहांले औल्याउनुभयो ।
         रामग्राम विकास कोष ुछट्टै बनाएर होस वा जिल्ला स्तरबाट संयन्त्र बनाएर सरकारले काम थाल्नु पर्छ, पाण्डेले भन्नुभयो, सोही राजधानीले निर्माण गरेको उजैनी स्थित रामग्राम स्तुप र कोलिय गणराज्य भित्र रहेका प्राचिन १२ वटा शहरको समेत खोजी गर्नु पर्छ । त्यसका लागि पनि जिल्लामा संयन्त्र आवश्यक रहेको उहांले जनाउनुभयो । उहांका अनुसार यि क्षेत्रमा थप उत्खनन,संरक्षण,ब्यवस्थापन लागि रामग्राम विकास कोष वा संयन्त्र अपरिहार्य भई सकेको छ ।
         रामग्राम पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष श्रीधर बस्याल पनि यसमा सहमत हुनुहुन्छ । रामग्राम पण्डितपुर विकासका लागि छुट्टै कोष बनाउनु पर्ने कुरा उठेकै बर्षाै वित्न लाग्यो । तर प्रभावकारी ढंगले पहल नहुदा यि क्षेत्र अझै ओझेलमै रहेको उहांले बताउनुभयो । विकास पुर्वाधार त परै जाओस, रामग्राम स्तुपमा दर्शन गर्न आउने बौद्धमार्गि र पर्यटकलाई सो स्थानको विस्तृत परिचय दिईने खालको ब्रोसर वा समाग्रि समेत छैन् । जिविसले पर्यटन प्रवद्र्धनका लागि लाखौ बजेट खर्चे पनि यस्ता महत्वपुर्ण स्थानको परिचय गराउने समाग्रि छपाउन नसकेको उहांले जनाउनुभयो । यि क्षेत्रका लागि सबै सरोकारवालाको एउटा संयन्त्र बनाउन पाए ति संयन्त्रले काम गथ्र्यो, उहांले भन्नुभयो, यस्को पहल उबासंघ वा जिविसले गर्दा राम्रो हुन्थ्यो ।
        पछिल्लो उत्खननले रामग्राम,देवदह,पण्डितपुरबारे रहेको धेरै भ्रमहरु हटेको छ, भिजन रामग्रामका संयोजक पाण्डेले भन्नुभयो, अब थप उत्खनन र संरक्षण गरि बाहिरी पर्यटकलाई हेर्न सक्ने बनाउनु पर्छ । उत्खनन टोलीले रामग्राम,देवदह,ब्याग्रपुरी,पण्डितपुर आदी नामले चिनिए पनि स्थान एउटै हो । जुन कोलिय गणराज्यको राजधानी हो । विभिन्न कालक्रम र ब्यवस्थाले यि विभिन्न नामहरु रहन गएको हो ।
        रुपन्देहीको भवानीपुरमा देवदव भन्दै दाबी गरिदै आएको भए पनि त्यहां उत्खनन गर्दा १३ औ शताब्दी भन्दा पुराना कुनै प्रमाण फेला नपरेकोले देवदह अर्थात बुद्धको मावली पनि पण्डितपुर(रामग्राम) नै भएको भनाई पुरातत्वका जानकारहरुले बताउदै अँएका छन् । पण्डितपुरमा इसापुर्व ७ सय बर्ष पुराना समाग्रीहरु फेला परेका छन् । उत्खननको क्रममा भेटिएका एनविपि,स्टोनविट,फलाम,टिसीविट,एनिमल फिगर र ग्रेवर लगायतका सयौंको संख्यामा पुरातात्विक समाग्री भेटाएको छ । 
रामग्राम स्तुप र पण्डितपुर
रामग्राम स्तुप भन्दा पुरानो इतिहास बोकेको स्थान अहिले पण्डितपुर अर्थात रामग्राम प्रमाणित भएको छ । रामग्राम स्तुप शान्तिका दुत गौतम बुद्धसंग जोडिएको छ । भने पण्डितपुरमा बुद्ध जन्मनु पुर्व दुई सय पुरानो स्थानको रुपमा प्रमाणित भएको छ । दुबैको अन्तरसम्बन्ध छ । यि दुबै स्थानसंग प्राचिन केही भनाईहरु छन् । जुन यस प्रकारका छन् ।
        करिब तिन हजार बर्ष पुर्व बनारसका राजा राम हुनुहन्थ्यो । उनलाई कुष्टरोग (कोढ) लागेको थियो । उनलाई उनका प्रजा मात्र नभई घरपरिवारले समेत घृणा गर्थे । पछि कोलवृक्षको पात,छाल(बोक्र) खाएमा वा सोही रुखमुनि बसेमा कुष्टरोग निको हुन्छ, सुनेर उहांले राज्य परित्याग गरि कोलको जंगल भएको यो क्षेत्रमा आउनुभयो । जंगलमा बस्दै गर्दा विस्तारै उनको कुष्टरोग निको हुदै गयो । सोही बेला शाक्य गणराज्यका शाक्य बंशकी राजकुमारी प्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कोलको जंगलमै आएकी थिइन् ।
        कोलवृक्ष कांडेदार,झाडी जस्तो बनस्पति भएको र त्यसभित्र जंगली जानवारहरु शुरक्षित तरिकाले बस्न सक्ने हुन्थे । त्यही भएर कोलवृक्षका जंगलमा बांघहरु बस्ने गर्थे । बांघको प्रभाव क्षेत्र रहेकोले यसलाई संस्कृतमा ब्याग्रपुरी भनेर पनि उल्लेख भएको पाइन्छ । एक दिन बांघले राजकन्य सुप्रियालाई आक्रमण गर्न खोज्दा राजकन्या सुप्रियाले चिच्याएर गुहार माग्नुभयो । बनारसका राजा राम पनि यिनै जंगलमा रहेकोले उहांले सुप्रियाका ज्यान बचाउनुभएको थियो ।
        तत पश्चात राजा राम र सुप्रिया दुबैको सम्बन्ध बैवाहिक सम्बन्धमा कायम भयो । एक जना राजा आर्को राजकन्या भएकोले दुबै अ आफ्नो राज्यमा फर्कनु भन्दा कोलबाटै ज्यान जोगिएको भएर सोही नामबाट कोलिय गणराज्य बनाउनुभयो । जस्को राजधानी अहिलेको पण्डितपुरमा छ । राजा रामले बस्ने गाउ भएको हुदा त्यसलाई रामग्राम भनियो । कोलिय गणराज्य अस्तित्वमा आई सके पछि सुप्रिया शाक्य गणराज्यकी कन्या भएकी हुदा लामो समय दुबै राज्य विच विहाबारीको सम्बन्ध कायम हुदै आयो । जहां अहिले उत्खनन गर्दा सो नगरको अन्तोनगर आर्थात राजाका परिवार र सैन्य लगायत राजपरिवारका कर्मचारी बस्थे र बाह्य नगरमा प्रजाहरु बस्ने गर्थे, जुन पण्डितपुरमा यि अन्तोनगर र बाह्य नगर दुबै भेट्टाउन सकिन्छ । दुबै नगर छुट्टयाइएको सिमा रेखाका आधार पनि उत्खननको क्रममा भेटिएको छ ।   
          इसापुर्व ५ सयमा शाक्य बंशमा जन्मेका गौतमबुद्धकी आमा मायावति र प्रजावति दुबै रामग्राम अर्थात कोलिय गणराज्यकी कन्या थिईन् । बुद्धको मावली रामग्रामलाई देवदह भनेर पनि चिनिन्छ । जस्को प्रमाण अहिले पनि पण्डितपुरमा हेर्न सकिन्छ । पानी जम्ने स्थानलाई दह पनि भनिन्छ । त्यो बेला राजालाई देव (देवता) पनि भन्ने चलन थियो । त्यही भएर कोलिय गणराज्यको यो रामग्राम राजधानी (पण्डितपुर) को शुरक्षार्थ राजाले राजधानी वरिपरि कृत्रिम दह बनाउन लगाएका थिए । राजा अर्थात देवले बनाएको दह भएकोले देवदहको रुपमा चिनिन्छ ।
         जस्को अवशेष अहिले पनि पण्डितपुरमा छ । जुन स्थानलाई बुद्धको मावली देवदह भनेर पनि चिन्ने गरिन्छ । बांघको प्रभाव रहेको यि क्षेत्रमा मुस्लिम शासकहरुले कालान्तरमा आक्रमण गर्दै आएका थिए । उनिहरुले यो स्थानलाई बघौर तप्पा( अर्थात बांघको प्रभाव क्षेत्र) भनेर पनि उल्लेख गरेका छन् । कोलिय गणराज्यको सिमा उत्तरमा चुरे पर्वत,दक्षिणमा पिपलीबन (हाल भारतमा),पश्चिममा रोहिणी नदि(हाल रुपन्देही जिल्ला) र पुर्वमा गण्डक अर्थात नारायणीनदिसम्म फैलिएको थियो । त्यो बेला जम्बुदिप भित्र कोलिय,शाक्य गणराज्य जस्तै १६ वटा गणराज्य थियो ।
 रामग्राम स्तुप के हो त ?
         शाक्यबंशका युवराज सिद्धार्थ गौतमको मनमा वैराग्य उन्पन्न भयो । उनि राजदरबार छाडेर निस्के । गयामा बुद्धत्व प्राप्त गरे पछि उनि धेरै स्थानमा ज्ञानको ज्योती फैलाउदै हिडे अन्तिममा उनको कुशीनगरमा देहान्त भयो । देवासन हुन अघि उनले आफ्नो शिष्यलाई मुर्ति बनाएर पुजा नगर्नु बरु मेरो अस्तु अर्थात शवको खरानी कलशमा राखेर सम्झनु वा पुजा गुर्न भनेर उपदेश दिइएका थिए । त्यही भएर विभिन्न गणराज्यमा रहेका उनका आफन्तहरु देवासन पछि अस्तु लिन पुगेका थिए ।
        जस मध्ये बुद्धको नजिकको नाता पर्ने मावली रामग्रामका राजाहरु पुगेका थिए । त्यो बेला ति गणराज्यका राजाहरु विभिन्न आठ भागमा बाडेर अस्तुहरु लगेका थिए । अ आफ्नो राजधानी नजिकै अस्तुको स्थापना गराएका थिए । अस्तु नजिकै विहार बनाई दिइएर भिच्छु(पुजारी) बस्न लगाएर नियमित पुजा पाठ गराउदै आएका थिए । जुन रामग्रामले बनाइ दिइएको उजैनी स्तुप नै रामग्राम स्तुप हो । जुन रामग्राम राजधानी देखी करिब ६ किलोमिटर दक्षिण पुर्वमा रहेको छ । 
       कालान्तरमा आशोक सम्राट चक्रवर्ति राजा भए । अन्य राजालाई परास्त गरि चक्रवर्ति बन्ने चलन थियो, त्यो बेला । अन्य राज्यका राजा र प्रजालाई आफ्नो अधिनमा लिन खोज्दा धेरै हिंसा समेत गरेका सम्राट अशोकमा मनमा पछि बैराग्य उन्पन्न भयो । सम्राट बने पनि मनमा शान्ति भएन् । अन्तमा उनि शान्तिका दुत गौतमबुद्धको दर्शनबाट प्रभावित भए । उनि एक असल बौद्धमार्गि भए । अन्तिममा बुद्धको दर्शन देश विदेशमा पुर्याउने उनले अठोट लिए । त्यसैका लागि विभिन्न राजाले बुद्धको अस्तु राखेका (गाडेका) स्थानको पत्ता लगाउदै उत्खनन गराउने र विभिन्न स्थानमा वितरण गर्दै बौद्ध स्तुप बनाउने अभियानमा लागे । विभिन्न ७ स्थानका स्तुप उनले उत्खनन गरि संसारका ८४ लाख स्थानमा वितरण गराए ।
        अन्तिममा रामग्राम स्तुपको उत्खनन गर्न पुगेका थिए । तर रामग्राम स्तुपमा नियमित पुजा पाठ गर्दै आएका नागजातीले राजासंग अनुनय विनय गरे । हे राजा पहिला हामीलाई मारिदिनुस अनि मात्र स्तुप खन्नु, भन्न थाले । यस्ले सम्राट अशोकलाई  बुद्धआस्था प्रति चुनौती थप्यो । हत्या हिंसा छाडि सकेका सम्राट अशोकले फेरी कसरी हिंसा गर्ने त्यसमा पनि बुद्ध भन्दा बढि आस्थावान नागजाती ठहरिए । जो स्तुप खन्न नदिनका लागि आफ्नो ज्यानकै बाजी लगाए । यसबाट सम्राट अशोक प्रभावित भए । र थप उनले पनि रामग्राम स्तुप नजिकै उनिहरुका लागि विहार बनाएर फर्के । यस्ले गर्दा आठ वटा अस्तुधातु मध्ये एउटा मात्र सिगों भाग अहिले बाकी रहेको छ । जुन रामग्राम स्तुप हो । संसारका बौद्धमार्गिको लागि यो स्तुपको ठूलो महत्व छ ।